गोंगबुको नयाँ बसपार्कस्थित गणेशस्थानमा सुटकेशमा भेटिएको शवको पहिचान खुलेको छ ।गोंगवु गणेशस्थानस्थित सडकमा शव टुक्राटुक्रा बनाएर सुटकेशमा फलिएको अवस्थामा प्रहरीले आइतबार फेला पारेको थियो ।
सुटकेशमा भेटिएको शव काठमाण्डौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।
आइतबार बिहान गोंगबुका स्थानीयले सडकछेउमा फालिएको सुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । यस घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
मृतक बोहरा । तस्विर काठमाडौंपाटी डटकमबाट