९५ जनाले ज्यान गुमाउँदा कहाँ कति ?

image
बिहीबार, श्रावण २९ २०७७

साउन, २९ । नेपालमा बिहिबारसम्म कोरोना भाइरस (कोभिड-१९) का कारण ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ज्यान गुमाउने ९५ जनामध्ये ७३ जना पुरुष हुने भने २२ जना महिला छन् ।

मन्त्रालयले आज ज्यान गुमाउनेको प्रदेशगत विवरण पनि सार्वजनिक गरेको छ ।

प्रदेश १ मा ८ जना पुरुष, प्रदेश २ मा २८ पुरुष र ११ महिला गरी जम्मा ३९ जना, बाग्मती प्रदेशमा १३ पुरुष र ५ महिला गरी जम्मा १८ जना, गण्डकी प्रदेशमा ६ पुरुष, प्रदेश ५ मा ९ पुरुष र ३ महिला गरी जम्मा १२ जना, सुदुरपश्चिम प्रदेशमा ४ पुरुष र कर्णाली प्रदेशमा ५ पुरुष र ३ महिला गरी जम्मा ८ जनाको निधन भइसकेको छ ।

हेर्नुहोस् तालिका

 

प्रदेश पुरुष महिला जम्मा
प्रदेश १
प्रदेश २ २८ ११ ३९
बाग्मती प्रदेश १३ १८
गण्डकी प्रदेश  
प्रदेश ५ १२
सुदुरपश्चिम प्रदेश  
कर्णाली प्रदेश
जम्मा ७३ २२ ९५