नुवाकोटको रोराङमा माेटरसाइकल दुर्घटना, एककाे मृत्यु

image
बुधबार, श्रावण २८ २०७७

साउन, २८ नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका–१ का २७ वर्षिय बिरेन्द्र तामाङको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मंगलवार धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ बिशालटारमा ट्रक र मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालक उहाँको मृत्यु भएको हो ।

सोही दुर्घटनामा परी तामाङसँगै सवार एक घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले दिएको जानकारी अनुसार सोमबार दिउँसो करिव १ः३० बजे चितवनबाट मलेखु तर्फ आउँदै गरेको बा ८४ प ६९६६ नम्बरको मोटरसाईकल र चितवन तर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा चालकको घटनास्थलमै मृत्यु भएको थियो ।

यस्तै घाईते हुनेमा मोटरसाईकलमा सवार धादिङको रुविभ्याली गाउँपालिका-३ का ३० वर्षका भोजबहादुर तामाङ रहेका छन् । घाईते तामाङको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भईरहेको र ट्रक, मोटरसाईकल र ट्रकका चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताउनुभयो ।