भदौ, ७ बुटवल । रुपन्देहीमा आइतबार राति (आज) सम्म जारी रहेको निषेधाज्ञा भदौ १४ गतेसम्म थपिने भएको छ ।जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोना संक्रमण बढ्दै गएकाले निधेषाज्ञा १४ गतेसम्म बढाउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सीसीएमसीको वैठकले निषेधाज्ञा भदौ १४ गतेसम्म थप गर्न सिफारिस गरेको र साँझसम्म जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा आदेश जारी गर्ने बताए ।
यसअघि सिद्धार्थनगर नगरपालिकाले पनि भदौ १४ गतेसम्म निषेधाज्ञा लम्ब्याउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको थियो । रुपन्देहीमा शुक्रबार रातिसम्मको तथ्यांक अनुसार कोरोना ंक्रमितको संख्या ६ सय १५ पुगेको छ ।