ललितपुरको किस्ट अस्पतालमा कोरोना संक्रमितको मृत्यु

image
सोमबार, श्रावण २६ २०७७

साउन, २६ काठमाडौं । ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।काभ्रे पाँचखालका एक पुरुष निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेका थिए ।

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकका अनुसार निमोनियाको उपचार गराउन आउँदा शंका लागेर उनको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको थियो ।आईसीयूमा उपचाररत हुँदा सोमबार उनको मृत्यु भएको पाठकले जानकारी दिए ।