कोरोना संक्रमणबाट काठमाडौंका एक महिलाको मृत्यु

image
सोमबार, भाद्र १ २०७७

भदौ,१ काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट काठमाडौंका एक जनाको मृत्यु भएको छ ।

पाटन, अस्पतालको आईसीयूमा उपचाररत ५८ वर्षीया महिलाको सोमबार विहान मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि २८ साउनमा अस्पताल भर्ना भएकी उनमा निमोनिया देखिएको थियो । उनी मधुमेहकी विरामी समेत थिइन् ।