हेटौंडामा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि

image
बुधबार, भाद्र ३ २०७७

भदौ,३ हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्‍यु भएको छ ।मंगलबार राति मृत्‍यु भएका हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलकी ६१ वर्षका वृद्धामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । लामो समयदेखि बिरामी उनी स्वासप्रश्वासमा समस्या देखिएपछि हेटौंडा अस्पतालमा भर्ना भएका थिए ।

मृत्युपछि प्रादेशिक ल्याब हेटौंडामा गरिएको परीक्षणमा मृतकमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईले जानकारी दिए । उनको स्वाब सोमबार नै  लिइएको भए पनि प्रयोगशालामा चाप धेरै  भएकाले रिपोर्ट आउन ढिला भएको चौलागाईको भनाइ छ ।कोरोना संक्रमणका कारण मकवानपुरको हेटौंडामा पहिलो पटक मृत्यु भएको हो ।