भदौ, ६ काठमाडौँ । कोभिड १९ का लागि उपयोगी हुनसक्ने औषधि रामदेसिविर भारतका तीन कम्पनीले नेपालका लागि वितरण गर्न थालेका छन् ।कोभिड १९ का बिरामीको लागि रोग प्रतिरोधी क्षमता बढाउन सक्ने औषधिको रुपमा यसलाई सिफारिस गरिएको थियो । भारतीय एनडीटीभीले औषधि उत्पादक कम्पनी म्यालन,किप्ला र हेटेरो ड्रग्सले नेपालका लागि उक्त औषधि उपलब्ध गराउने उल्लेख गरेको छ ।
नेपाल सरकारले ती कम्पनीलाई औषधिका लागि अनुमति दिने औषधि विभागका निर्देशक नारायण प्रसाद ढकालले जानकारी दिएका छन् । तीमध्ये म्यालनले औषधि बाँड्न सुरु गरिसकेको बताइएको छ । औषधि विभागका अनुसार ५७० वटा शिशिको माग भएको थियो ।कोभिड-१९ का कारण जोखिमको अवस्थामा पुगिसकेका बिरामीका लागि यो औषधि प्रयोग गरिन्छ । जुन औषधिलाई नेपाली ७ हजार ८ सय नेपाली रुपैयाँ पर्ने बताइएको छ ।