टाउको र आखाँमा गम्भिर चोट लागेको अवस्थामा मृत भेटिए बानियाँ

image
बुधबार, श्रावण २८ २०७७

साउन, २८  मकवानपुर। मकवानपुरको सेस्नेरीस्थित बाग्मती किनारमा कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता बलराम बानियाको शव फेला परेको छ ।खोलाले बगाएको अवस्थामा प्रहरी चौकी सिस्नेरीले सोमबार बानियाँको शव निकालेको थियो। मान्डु हाइड्रोपावरको पानी फिल्टर गर्ने ठाउँमा उक्त शव अड्किएको देखेपछि प्रहरीले निकालेर जिल्ला अस्पताल मकवानपुर पुर्‍याएको थियो ।

उनको शव हेर्दा कसैले ह त्या गरेको हुनसक्ने देखिएतापनि बल्खु खोलामा हाम फालेका भनिएको बानियाँको टाउको र आँखामा देखिएको चोटपटक बग्दा नदीमा ठोक्किएर लागेको पनि हुनसक्छ ।यसबारेमा प्रहरीको अनुसन्धानले नै पुष्टि गर्ला ।

के कारणले गर्दा उनको निधन भयो भन्ने अहिलेसम्म खुलेको छैन तर उनलाई नजिकबाट चिन्नेहरु भने पछिल्लो समयमा बानियाँ धेरै तनावमा देखिएको बताएका छन् ।कोरोनाको बाहना पारेर ठूला मिडिया भनाउँदाहरुले धेरै पत्रकारहरुलाई कामबाट निकालेको अवस्थामा बानियाँ मृत भेटिनु शंकास्पद भएको बताइन्छ ।

असार १० गते कान्तिपुरको पहिलो पृष्ठमा चीनले नेपालको भूभाग ओगटेको समाचार उनको बाइलाइनमा प्रकाशित भएपछि सम्पादकीय समूहले सार्वजनिक क्षमायाचना गरेको थियो । त्यसयता बलराम कान्तिपुरमा कम भूमिकामा रहँदै आएका जनआस्थाले समाचार प्रकाशित गरेको छ ।

केटीएम दैनिकबाट