आइतबार गोंगबु गणेशस्थान नजिकै सुटेकेशमा टाउको विनाको श व नजिकैको घरबाट ल्याइएको तथ्य खुलेको छ ।सुटकेश फेला परेको स्थानबाट ५० मिटर पर रहेको घरबाट श व ल्याइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।
महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले घटना भएको घर फेला परेको जानकारी दिँदै प्रहरीले सो घरलाई सिल गरेर अनुसन्धान तथा सोधपुछ थालेको बताए ।

मृतक बोहरा ।
आइतबार सुटकेशमा शरीर र केही पर झोलामा टाउको फेला परेका व्यक्ति दाङका कृष्ण बहादुर बोहोरा भएको सार्वजनिक भएको थियो ।