४ लाखको सुन ठगी गर्ने झापाका एक युवती काठमाडौंमा पक्राउ

image
शुक्रबार​, श्रावण ३० २०७७

२९ वर्षिया युवती ४ लाख बराबरको सुन ठगी गरेको आरोपमा पक्राउ परेकी छिन् ।करिब ४ लाख ३६ हजार रुपैयाँ मूल्य बराबरको सुन ठगी गरेको अभियोगमा झापा शान्तिनगर वडा नम्बर घर भई काठमाडौं महानगरपालिका ३१ नयाँ वानेश्वर बस्ने २९ वर्षीया शारदा मगरलाई काठमाडौं ज्ञानेश्वरबाट बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

मगरले उक्त रुपैयाँ बराबरको डेढ तोलाको १ थान सुनको सिक्री, ५४ लालको १ थान सुनको लकेट, १ तोला ५२ लालको १ थान सुनको ब्रासलेट, १ थान हिराको औंठी र ३५ लालको १ थान सुनको औंठी विभिन्न वहाना बनाई झुक्याई ठगी गरेको मुद्धाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यी युवतीले अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको हुनसक्ने सम्भावना भएकाले कोही ठगिएका व्यक्ति भए प्रहरीको सम्पर्कमा आउन पनि प्रहरीले अनुरोध गरेको छ ।मगरलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।