साउन, २८ । तीन दिनदेखि बेपत्ता भएका कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता बलराम बानिया मृत भेटिएका छन् । उनको शव मकवानपुरको सेस्नेरीस्थित बागमती किनारमा भेटिएको समाचार जनआस्थाले ब्रेक गरेको छ ।
दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर दैनिकसँग सम्बद्ध पत्रकार बानियाँ राजनीति र सुशासनमा कलम चलाउने कुशल पत्रकार मानिन्छन् । उनी तनहुँका बासिन्दा हुन् ।असार १० गते कान्तिपुरको पहिलो पृष्ठमा चीनले नेपालको भूभाग ओगटेको समाचार उनको बाइलाइनमा प्रकाशित भएपछि सम्पादकीय समूहले सार्वजनिक क्षमायाचना गरेको थियो । त्यसयता बलराम कान्तिपुरमा कम भूमिकामा रहँदै आएका थिए ।
मदिरा सेवन गरेको अवस्थामा खोलामा हाम्फालेका उनलाई बचाउनका निम्ति प्रत्यक्षदर्शीले डोरी र बाँससमेत दिएका थिए । तर, उनले ती दुबै चिजको प्रयोग गरेनन् वा गर्न सकेनन् ।प्रहरीको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बुधबार बिहान हेटौंडाको खोलामा उनको श व भेटेपछि अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौंडामा पुर्याइएको छ ।
बुधबार बिहानदेखि बानियाँ हराएको भन्दै कान्तिपुरले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको छ । आज बुधबार मात्रै बानियाँ हराएको भन्दै उजुरी आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिएका छन् ।कान्तिपुरले नै तीन दिनदेखि उनी हराएको भनेर उजुरी दिएको जानकारी दिंदै राठौरले ‘अहिले अपराध महाशाखाले यो केस ह्यान्डिल गरेको छ ।’