काठमाडौंको कुन ठाउँमा आज बत्ति काटिने

image
शनिबार, भाद्र १३ २०७७

भदौ, १३ काठमाडौं । काठमाडौंको कालिकास्थान आसपास आज बिहानदेखि नै बत्ती काटिने भएको छ।रत्नपार्क वितरण केन्द्रको कालिकास्थान देखि विजय मेमोरियल स्कुलसम्मको ११ केभीको लाइन मर्मत गर्नुपर्ने भएकोले आज विहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म कालिकास्थान फिडर सट डाउन हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका अनुसार उक्त फिडरबाट वितरीत कालिकास्थान आसपास क्षेत्रमा विद्युत कटौती हुने र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो भन्दा पहिल्यै भन्दा पहिल्यै लाइन सुचारु गर्ने जानकारी दिएको हो ।