राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य रामेछापमा सुरु

image
बिहीबार, श्रावण १ २०७७

साउन,१ रामेछाप।राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम रामेछाप जिल्लामा आजबाट सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले आज एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम सुरु गरेको हो ।राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको काम सुरु भएकाले विवरण संकलन गराउन रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले जिल्लावासीलाई आग्रह गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी शर्माले बहुउपयोगी प्रमाणपत्रका रुपमा लिइएको परिचय पत्र भएपछि अन्य सरकारी परिचय पत्रहरु साथमा राख्नुपर्ने झन्झट नहुने बताउनु भयो ।

परिचयपत्रका लागि विबरण भर्न सम्बन्धित व्यक्ति स्वयंम आफ्नो सक्कलै नागरिकता र संम्भव भएसम्म बुवा आमाको पनि सक्कलै नागरिकता लिएर आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । आजबाट विवरण संकलन सुरु भएपनि परिचयपत्रभने फागुन देखि मात्र वितरण गरिनेछ ।