काठमाडौंको टोखामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु

image
मङ्गलबार, श्रावण ६ २०७७

साउन, ६ काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ ।

मंगलबार खाना खाने समयमा आएको पहिरोले पुरिएर स्थानीय ३/३ वर्षका सचिन राना र सन्धा रानाको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए ।

डीएसपी खड्काका अनुसार मृत्यु हुने दुई बालबालिका जुम्ल्याहा हुन् । घटनाको थप विवरण आउन बाँकी छन् ।