दार्चुलामा पहिरोमा पुरिएर दम्पतीको मृत्यु

image
मङ्गलबार, श्रावण १३ २०७७

साउन,१३ कैलाली । दार्चुलामा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको छ ।

जिल्लाको दुहू गाउँपालिका ३ सलेखेतीमा पहिरोले घर पुरिदा स्थानीय ५० वर्षका रामदत्त जोशी र उनकी ४५ बर्षकी श्रीमती इन्द्रा जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।सोमबार राति पहिरोले घर पुरेपछि उनीहरु बेपत्ता भएका थिए।  पहिरो खस्नुअघि घरबाट निस्किएका उनका छोरा सुनील जोशी भने बाँच्न सफल भए ।

सुनिलले नै प्रहरीलाई पहिरोले घर पुरेको खबर गरेका थिए । प्रहरीले मंगलबार बिहानैदेखि बेपत्ता दुबै जनाको खोजी गरेको थियो ।‘अहिले दुबै जनाको शव फेला परेको छ’ रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले भने ‘पहिरोले केहि चौपाया समेत मरे ।’