साउन , २ नेपालगन्ज । बाँकेमा लागूऔषध अफिमसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका–२ स्थित एलबी गेष्ट हाउसबाट अफिमसहित भागिलाल पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय, बाँकेको संयुक्त टोलीले जाजरकोट नलगाड नगरपालिका–१ घर भई हाल कोहलपुर नगरपालिका–२ आनन्द नगर बस्ने ४२ वर्षीय भागिलाल पुनलाई ४ केजी १७४ ग्राम अफिमसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी तथा प्रवक्ता सुवास खड्काले बताए ।
थप अनुसन्धानका लागि प्रहरीले पुनलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेको जनाएको छ ।